ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा पूर्जा उपलब्ध गराउन अनुरोध - Pahilo Online

ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा पूर्जा उपलब्ध गराउन अनुरोध

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रको बसोबासको फरकखाले समस्या समाधानका लागि सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध पेश गरिने भएको छ ।

नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिको सोमबार बसेको बैठकले विक्रम सम्वत २०३५/३६ सालदेखि सरकारी निर्णय अनुसार ढालफाँड गरी बसोबास गर्ने पक्षलाई भोगचलनका आधारमा जग्गाधनी प्रमाण पूर्जा उपलब्ध गराउन सम्बन्धित निकायमा सुझाव सहितको अनुरोध गर्ने निर्णय भएको हो । ढालफाँड गरेर बसोबास गर्नेहरुको जग्गा कतिपय व्यक्तिले किर्ते गरी २०४२ सालपछि पूर्जा निकालेको सम्वन्धमा छानविन गरी उचित निर्णय गर्न समेत सम्बन्धित मन्त्रालय, भूमि आयोग सहितमा जानकारी पठाइने नगर प्रमुख एवम् नगरस्तरीय अव्यवस्थित बसोबास समस्या समाधान समितिका संयोजक दिलीपकुमार राईले जनाए । वास्तविक पूर्जावाला भएमा सम्बन्धित पक्षले उनीहरुको छानविन गर्नु पर्ने उल्लेख गरिएको छ ।

बैठकमा, प्रदेश १ की सांसद कृष्णकुमारी राई, पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोला, बसोबासवाला पक्षबाट गठित सुकुम्बासी तथा अव्यवस्थित बसोबास समस्या पहल समितिका संयोजक जहरमान लिम्बू, सचिव देवेन्द्र वनेम, सदस्य पदमप्रसाद दहाल, नेकपाका मोहन तुम्वापो, नेपाली कांग्रेसका इश्वर थापा लगायतले आआफ्नो धारणा राखेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes