मोरङ । सुनसरीको इटहरी उपमहानगरपालिकामा कारोनाको लक्षण नदेखिएको कोरोना संक्रमितको लागि आइसोलेसन तयार गरेको छ। इटहरी रंगशालामा १६ वटा शौचालय, चारवटा वाथरुम, दुईवटा लुगाधुने ठाउँसहित १०० शय्याको आइसोलेसन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। लक्षण नदेखिएका कोभिड संक्रमित राखिने आइसोलेसनमा इन्टरनेट र सिसिटिभी जडान गरिएको छ। खानेपानी र विद्युतको उचित प्रबन्ध गरिएको उपमहानगरपालिकाले बताएको छ।
यस्तै, आठजना स्वास्थ्यकर्मी र तीनजना सफाइकर्मी खटिने छन्। सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ। आइसोलेसनमा शारीरिक ब्यायाम, योगा, काउन्सिलिङको ब्यवस्था गरिने छ। आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले २० लाख रकम सहयोग गरेको थियो। विद्युत प्राधिकरण, नेपाल टेलिकम, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी, इटहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्था तथा व्यक्तिको सहयोगमा उपमहानगरले आइसोलेसन निर्माण गरी सञ्चालन गरेको इटही उपमहानगर कोभिड रोकथाम तथा नियन्त्रण मुल समिति संयोजक नगरप्रमुख द्वारिकलाल चौधरी जानकारी दिए।
पछिल्ला समयमा इटहरीमा कोरोना संक्रमितको संख्या दिनहुँ थपिने क्रमसँगै आइसोलेसनको अभावमा संक्रमितहरु घरमा नै बस्दै आएको थिए। उपमहानगरको कार्यपालिका वैठकले आइसोलेसन सञ्चालनको जिम्मेवारी पनि भूपेन्द्र बराल संयोजकत्वको कोभिड रोकथाम तथा नियन्त्रण तथा ब्यवस्थापन उपसमिति गठन गरिएको छ। इटहरी उपमहानगरपालिकमा ४०७ जना संक्रमित रहेका छन्। जसमा होम आइसोलेसनमा २०० जनाभन्दा रहेको इटहरी उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामचरण चौधरी बताए।