पोखरीमा डुबेर एकै परिवारको तीनजनाको मृत्यु - Pahilo Online

पोखरीमा डुबेर एकै परिवारको तीनजनाको मृत्यु

writer

मोरङ । मोरङको ग्रामथान गाउँपालिका–४ मा माछा पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ। डुबेर मृत्यु भउका तीनै जना एक परिवारका रहेका छन्। प्रहरीका अनुसार आमासहित दुई छोरीको मृत्यु भएको हो। आफैले माछा पालेको पोखरीमा डुबेर ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मानबहादुर राई जानकारी दिए।

प्रहरीका अनुसार सीता आमा हुन भने पवित्रा र कृतिका दुबै छोरी हुन्। छोरीहरु माछालाई चारो हाल्न गएका र दुवै जना पोखरीमा पौडी खेल्न पसेर डुबेको थाहा पाएपछि निकाल्न जाँदा आमा सीताको पनि मृत्यु भएको ग्रामथाम गाउँपालिकाका अध्यक्ष शिवनारायण माझीले जानकारी दिए। हिजो साझँसम्म पनि उनीहरु घरमा फेला नपरेपछि परिवारका अन्य सदस्य खोजी गर्ने क्रममा पोखरीभित्र शव फेला परेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes