कानेपोखरी । कानेपोखरी–०६, निवासी दुबै मिर्गौलामा समस्या भएकी फुलमाया तामाङलाई उपचारका लागि दोश्रो चरण अन्तर्गत ३० हजार ९ सय रुपैयाँ रकम सहयोग प्राप्त भएको छ। यस अगाडिपनी विभिन्न सामाजिक कार्यहरुमा निकै सक्रिय रहदै आएको फ्री सेवा समाजले यस पटक पनि निकै उदाहरणीय काम गरेको छ। राष्ट्रिय युवा जागरण मञ्चका प्रवास कमिटी अध्यक्ष एवं फ्री सेवा समाजका अग्रज व्यक्तित्व समाजसेवी हाल कतारमा कार्यरत सिमान्त लोक जोगिको विशेष पहलमा सो सहयोग जुटेको हो।
राष्ट्रिय युवा जागरण मञ्च कानेपोखरीका संरक्षक एवं नेकपा मोरङ जिल्ला सदस्य, कानेपोखरी पार्टी सचिब एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष युवानेता मनोजकुमार राजबंशी र फ्री सेवा समाजका अध्यक्ष भिमलाल जोगि, समाजसेवी एवम नेकपा प्रदेश कमिटी सदस्य ईन्द्र सुब्बा, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझीले उक्त रकम बिरामी फुलमायालाई हस्तान्तरण गर्दै शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन।
फ्री सेवा समाज नेपालको तर्फबाट संखुवासभा मादी नगरपालिका सियोन चर्चका यामबहादुर तामाङ र जोसेव घिसिङले १०÷१० हजार, झापा बिर्तामोडका टेकबहादुर जोगिले ३ हजार, मोरङ कानेपोखरीकी कुमारी लिम्बुले ५ हजार, बुटवलका ध्रुव भण्डारीले १ हजार ५ सय र मोरङ पथरीशनिश्चरेका पवन जोगिले १ हजार ४ सय गरि जम्मा ३० हजार ९ सय संकलन गरेका हुन्।
पहिलो चरण अन्तर्गत जम्मा फ्री सेवा समाजमार्फत ८२ हजार ७ सय ५० रुपैयाँ र स्थानीय पत्रकार भोला भट्टराईको पहलमार्फत युकेमा रहेका लोकेन्द्र लिम्बूको १० हजार सहयोग गरि जम्मा ९२ हजार ७ सय ५० रुपैयाँ प्रदान गरिएको थियो। हालसम्म सो समाजले जम्मा १ लाख २३ हजार ६ सय ५० रुपैयाँ हस्तान्तरण गरिसकेको छ।
कार्यक्रममा फ्री समाजका पदाधिकारीहरु, युवानेता तथा समाजसेवीहरु भुपेन्द्र सुब्बा, भुमी दुलाल, एकराज फुयाल, पत्रकारहरु भोला भट्टराई, बिध्यानन्द चौधरी, भगत चौधरी, कानेपोखरी युवा समाजका अध्यक्ष बिशुराज राई, सचिव आशिष राईलगायत स्थानियको उपस्थिति रहेको थियो। सहयोग रकम लिदै बिरामी फुलमायाले यो सहयोगले स्वास्थ्य सुधारमा महत्त्वपूर्ण भुमिका खेल्ने बताउदै सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद दिए।