भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन - Pahilo Online

भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन

writer

मोरङ । भोजपुरको हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको शनिबार बिहान विराटनगरको न्यूरो अस्पतालमा निधन भएको छ। हतुवागढी ४ फलाम ढुङ्गाकी ४७ वर्षीया राईको निधनको पुष्टि गाउँपालिकाले गरेको छ। उपाध्यक्ष राईको शनिबा बिहान ४ बजे न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रेमकुमार राईले बताए। गाउँमा बिरामी परेपछि सुरुमा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गराएकी उनलाई थप उपचारका लागि विराटनगर ल्याइएको थियो। अध्यक्ष राईका अनुसार उनी सामान्य ज्वरो र पखालाबाट बिरामी परेकी थिइन्।

बिरामी भएपछि जन्डिससमेत देखिएर गम्भीर बिरामी भएकी उपाध्यक्ष राईलाई तत्कालै विराटनगर ल्याइएको थियो। गाउँमा केही सन्चो भएर डिस्चार्ज भएकी उनी फेरि विरामी परेकी थिइन्। तत्कालीन नेकपा एमालेबाट विजयी उनलाई रक्तचाप घटेर खाना अरुचि भएपछि उनलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। त्यहाँबाट विराटनगर सारिएकी उनको त्यहीँ निधन भएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes