पथरी बजारका सब्जी पसलहरुको अनुगमन् - Pahilo Online

पथरी बजारका सब्जी पसलहरुको अनुगमन्

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले शुक्रवार वडा नम्वर १ स्थित पथरी बजारका सब्जी पसलहरुको अनुगमन् गरेको छ । तरकारीको मुल्य बढेको ग्राहकहरुबाट गुनासो आएपछि नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला सहित इलाका प्रहरी कार्यालय पथरी र नगर प्रहरीहरुको टोलीले अनुगमन् गरेको हो।

प्याज, आलु, टमाटर सहितका सब्जीमा खरिद मुल्यका आधारमा न्यायोचित मुल्य लिएर तथा मुल्यमा एकरुपता कायम गरेर मात्र विक्री वितरण गर्न सुझाव दिइएको छ । टोलीले खरिद गरेको सामानको विल हेरेको र विक्री गरिएको मुल्यको तुलना गरेको छ । कम्तिमा पान नम्वर भएको आधिकारिक बिल हुनुपर्ने सुझाव पनि दिइएको छ । साथसाथै कोरोनाको संक्रमण हुनसक्ने अवस्थालाई ख्याल गर्दै स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर मात्र विक्री वितरण गर्न पनि सचेत गराइएको छ ।

 

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes