कानेपोखरीमा लागुऔषध नियन्त्रणमा युवाहरुको भूमिका बिषयमा बृहत अन्तरक्रिया कार्यक्रम - Pahilo Online

कानेपोखरीमा लागुऔषध नियन्त्रणमा युवाहरुको भूमिका बिषयमा बृहत अन्तरक्रिया कार्यक्रम

writer

कानेपोखरी । नेपालमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनहुँ हजारौंको अनुपातमा बढिरहेको छ। त्यसको रोकथाम तथा नियन्त्रणका लागि सम्बन्धित निकाय र सरकारले निरन्तर कदम चालिरहेका छन्। त्यस्तै, एउटा बलियो कदम विहीवार कानेपोखरी युवा समाजले लागुऔषध नियन्त्रणमा युवाहरुको भूमिका बिषयमा रहेर बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

मोरङको कानेपोखरी गाउँपालिका वडा नम्बर–०२ स्थित आदिवासी जनजाति भवन कालिस्थानमा सो जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो। कानेपोखरी पालिकाभित्रका लागुऔषध प्रयोगमुक्त र निरन्तर प्रयोगकर्ता ५० भन्दाबढी युवाहरुको बिच भएको कार्यक्रमको प्रमुख सहजीकरण ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरीले गरेका थिए। लागुऔषधको विस्तृत जानकारी, यो प्रयोग गर्नुको मुख्य कारण र असरहरु, कानुनी कारबाहीहरु साथै लागुऔषध रोकथाम तथा नियन्त्रणका उपायलगायतका बारेमा जानकारी गराइएको थियो। उनले कुलत त्यागी समाज र राष्ट्रका लागि आदर्श नागरिकको परिचय दिउँ भन्दै सबैलाई शुभकामना ज्ञापन गरे। गाउँप्रमुख ताराबहादुर काफ्लेले ब्यानर वाचन गरि कार्यक्रमको उद्घघाटन गर्दै लागुऔषध दुर्वसनी आधुनिक समाज बिस्तारित संगै मौलाईरहेको बताए। त्यसको नियन्त्रणका लागि पालिका सधैं तत्पर रहेको जानकारी दिए। अन्य अतिथिहरुले पनि लागुऔषध प्रयोग गर्नेको संख्या घटाउनमा सम्पुर्ण नागरिकहरु नै सचेत रहनुपर्नेमा जोड दिएका थिए।

प्रमुख अतिथि कानेपोखरी गाउँप्रमुख ताराबहादुर काफ्ले, विशिष्ट अतिथिहरु ईलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलिप गिरी, समाजसेवी ईन्द्र सुब्बा, पालिकाका प्रमुख प्रशासकिय अधिकृत गायत्र श्रेष्ठलगायत अतिथिहरु वडा नम्बर २ कि महिला सदस्य साबित्रा चौधरी, आदिवासी जनजाती महासंघ जिल्ला उपाध्यक्ष भोजबिर माझी, केरौन गाबिस पुर्व उपाध्यक्ष खुल्लु राजबंशी, राष्ट्रिय युवा जागरण मञ्चका अध्यक्ष प्रकाश धिमाल, युवा समाजसेवी एवं युवा नेता भुपेन्द्र सुब्बा, समाजसेवीहरु चिन्तामनी अधिकारी, भुमी दुलाल, अर्जुन कटुवाल,आशिष राई,अबिचन्द्र राई,डिल्ली कटुवालको विशेष उपस्थिति रहेको थियो। युवा समाजका अध्यक्ष बिसुराज राईको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन नेकपा जिल्ला सदस्य, पालिका सचिव एवम राजबंशी समाज बिकास समिती मोरङ अध्यक्ष समाजसेवी युवानेता मनोजकुमार राजबंशी गरेका थिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes