विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहिबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् ।
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उहाँ होमआईसोलेसनमा बस्नुभएको थियो । यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनीको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।