पथरी शनिश्चरमा बैकल्पिक शिक्षण विधिबाट सिकाई अघि बढाउने विषयमो छलफल प्रारम्भ - Pahilo Online

पथरी शनिश्चरमा बैकल्पिक शिक्षण विधिबाट सिकाई अघि बढाउने विषयमो छलफल प्रारम्भ

writer

पथरी शनिश्चरे । कोरोना भाइरसको जोखिमका कारण बन्द रहेका शैक्षिक संस्थाहरुलाई दूर तथा खुला लगायतका बैकल्पिक शिक्षण विधिबाट सिकाई अघि बढाउने विषयमा मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका शैक्षिक संस्थाहरुबीच छलफल प्रारम्भ भएको छ ।

नगरपालिकाको सामाजिक विकास समिति अन्तर्गत शिक्षा शाखामार्फत नगरका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता, सामाजिक विकास समितिका पदाधिकारीबीच पहिलो चरणमा छलफल गराइएको छ । छलफलमा, तत्काल शैक्षिक संस्था खुला सञ्चालन गर्न जोखिम हुने भएकाले सरकारले तय गरेको ‘बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजिकरण निर्देशिका २०७७’ अनुसार आफ्नो परिवेश अनुकुल सिक्ने वातावरण सृजना गरी दूर तथा खुला शिक्षा लगायतका बैकल्पिक सिकाई विधि अघि बढाउन उपयुक्त हुने राय निस्किएको छ ।


नगर शिक्षा समितिले निर्धारण गरेका स्वास्थ्यका न्यूनतम मापदण्ड पुरा गर्ने गरी विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, समाजसेवीहरुको सहभागितामा छलफल गराई शिक्षणका कार्ययोजना तय गर्नुपर्ने सुझाव आएको छ । नगर प्रमुख दिलीपकुमार राईको समेत उपस्थितीमा छलफल भएको थियो । जसअनुरुप, विहान र दिउँसो गरी २ चरणको सिकाई, जोर विजोर दिनमा जोर विजोर कक्षा सिकाई, लगातार २,३ दिन सिकाई केन्द्रबाट सिकाई र उत्तिनै दिन गृहकार्य दिने, अनलाईन सिकाई सहजिकरण र भौतिक दूरी कायम गरी समूहगत रुपमा प्रत्यक्ष सिकाई जस्ता उपयुक्त विधि अपनाउन सकिने उल्लेख भएको छ ।

उल्लेखित विकल्पहरुमध्येबाट सिकाई सहजिकरण गर्ने तथा सोको अनुगमन् तथा सुपरिवेक्षण नगरपालिकाबाट हुने गरी आवश्यक निर्णयका लागि नगर शिक्षा समिति समक्ष अनुरोध गर्ने छलफलले निर्णय गरेको शिक्षा शाखा प्रमुख उपसचिव शालिग्राम काफ्लेले जनाउनु भयो

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes