मोरङ । मोरङको रङगेली नगरपालिका ३ बस्ने डोलेन्द्र बिष्टको १८ महिने छोरा सोमरात बिष्टको नहरको पानीमा डुबेर मृत्यु भएको छ । बिहिबार दिउँसो करिव २ बजेको समयमा बिष्टको घरदेखी करिव १५० मिटर पुर्वमा रहेको नहरको पानीमा डुबेर बालक मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै ईलाका प्रहरी कार्यालय रङगेलीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृयाका साथै अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।