प्रदेश १ मा बिहिबार १ सय ७१ जनामा कोरोना संक्रमण - Pahilo Online

प्रदेश १ मा बिहिबार १ सय ७१ जनामा कोरोना संक्रमण

writer

मोरङ । प्रदेश १ मा बिहिबार १ सय ७१ जनामा संक्रकण भएको छ । यो दैनिक संक्रमण संख्यामा अहिले सम्मकै उच्च हो । मोरंगमा ९२, सुनसरीमा ६३, झापामा ११, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा बिहिबार ६५ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा १५ महिला र ५० पुरुष छन् । मोरंगको बढीगंगामा ४ महिला ६ पुरुष, जहदा र कटहरीमा ३–३ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, लेटाङमा १ पुरुष, रतुवामाई, रंगेली र धनपालथानमा १–१ महिला, बेलबारी र ग्रामथानमा १–१ पुरुष, स्थानीयतह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा ११ महिला १७ पुरुष, दुहवीमा ३ महिला १९ पुरुष, इटहरीमा ४ महिला ७ पुरुष, गढीमा २ पुरुष, झापाको दमकमा ५ महिला १ पुरुष, मेचीनगरमा ३ पुरुष, कनकाईका १ महिला र स्थानीयतह नखुलेका १ पुरुष, खोटाङमा १ महिला, धनकुटामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार २ सय ७१ पुगेको छ ।

प्रदेश १ मा आज ४३ जना डिस्चार्ज भएका छन् । आज सम्म डिस्चार्ज हुनेको संख्या २ हजार २३९ पुगेको छ । प्रदेश १ मा बिहिबार १ हजार १५७ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये ५० महिला र १२१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes