सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारको तयारी शुरु - Pahilo Online

सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारको तयारी शुरु

writer

मोरङ । सन् २०२५ भित्रमा बालविवाह मुक्त प्रदेश निर्माणका लागि सरकारले तयारी शुरु गरेको छ । त्यसैगरी प्रदेश १ लाई आगामी ५ बर्षभित्रमा बालविवाहमुक्त प्रदेश बनाईने प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए । सोमबार राष्ट्रिय बालदिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले तयार गरेको बालबालिकाको स्थिति प्रतिवेदन आज सार्वजनिक गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन्।

सवैपक्षको सहभागितामा उनले बालविवाहमुक्त प्रदेश निर्माण गरिने बताए । सामाजिक संघ संस्था, सरोकारवाला व्यक्तिहरु सवैको सहभागिता आवस्यक रहेको मुख्यमन्त्री राईले बताए । कार्यक्रममा भूमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर रानाले बालबालिकाको अवस्था पहिलेको तुलनामा सुधार भएर गएको बताए । उनले बालविवाह र बालश्रममा सुधार हुन नसक्नु दुखत भएको बताए ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सडकमा बालबालिका बस्नुपर्ने अवस्थाको अन्त्य गरिने बताए । सडक बालबालिकालाई उद्धार गर्ने काम भईरहेको राज्यमन्त्री गजमेरले बताए । उनले हाल सम्म प्रदेश १ मा ५३ जना सडक बालबालिकाको उद्धार भएको बताए। कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश १ मा ५१ दशमलव ८ प्रतिशत बालिका र २१ दशमलव ७ प्रतिशत बालकहरुको २० वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको बताए । उनले प्रदेश १ मा ३७ दशमलव ४ प्रतिशत बालबालिका श्रममा रहेको जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes