उदयपुरमा खुकुरी प्रहारबाट ५० बर्षीय महिलाको हत्या - Pahilo Online

उदयपुरमा खुकुरी प्रहारबाट ५० बर्षीय महिलाको हत्या

writer

उदयपुर । उदयपुरको कटारी नगरपालिका ११ लखनथुम्का बस्ने ५० बर्षीय डोर कुमारी राउतको खुकुरी प्रहारबाट हत्या भएको छ भने हत्याका आरोपित स्थानीय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार बिहान साँढे ८ बजेको समयमा घरमा नै बसीरहेकी राउतलाई निजकै घरमा आई मगरले एक्कासी लछार पछार गर्नुका साथै, साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न ठाँऊमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकरी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले घटना घटाई फरार रहेका मगरलाई कटारी नगरपालिका (११ हात्तीसुँडे जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes