पथरीशनिश्चरेमा सञ्चालित फुड बैंकको कार्यक्रम समापन - Pahilo Online

पथरीशनिश्चरेमा सञ्चालित फुड बैंकको कार्यक्रम समापन

३ हजार ५ सय बढी परिवार लाभान्भित

writer

पथरी शनिश्चरे । लकडाउनका कारण विपन्न परिवारको चुल्हो निभ्न नदिन पथरी शनिश्चरेका युवाहरु सञ्चालनमा ल्याएको फुड बैंकको शनिबार एक कार्यक्रमका बीच समापन गरिएको छ।समापन कार्यक्रममा नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, अशक्त ६ सय ५ परिवारले खाद्यान्न लागेका छन् । कार्यक्रमको प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईले पथरी शनिश्चरे १० कि मिर्गौला पिडित देविमाया तामाङ्गलाई २५ केजि चामल, ५ के.जी दाल र २ लिटर खानेतेल सहयोग गर्दै कार्यक्रमको उद्घघाटन गरेका थिए ।

कोरोना भाइरसको संक्रमण दैनिकी बढिरहेको कारणले गर्दा भदौ १२ गतेबाट सुरु गरि १६ दिनसम्म चलेको फुड बैंकमा हालसम्म ३ हजार ५ सयबढी परिवारले लाभ लिईसकेको यसै अभियानका आर्थिक संयोजक सुमन कुरुङ्बाङले बताए । प्रमुख अतिथि नगरप्रमुख दिलिप कुमार राईले सो कार्यक्रममा बोल्दै सम्पुर्ण आयोजक टिमलाई विपन्नको पेट भरेकोमा धन्यवाद दिए । साथै उनले कोरोनाको जोखिम कायम रहेकाले सबैलाई सुरक्षित रहन पनि आग्रह गरे ।

फुड बैंकको संयोजक प्रदिपकुमार राईले कार्यक्रमलाई सफल बनाउनमा सहयोग गर्ने सम्पुर्ण अभियान्ता, देश विदेशमा रहेको सहयोगी मन, बुद्धिजीवीलगायत प्रतिकृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी हात निरन्तर बढाउने कुरा बताए । विशिष्ट अतिथि नगर उपप्रमुख यमुना बिष्ट बास्तोलाले सो कार्यक्रम फुड बैंकको जेष्ठ अभियान्ता इन्द्रकुमारी काङ्बालाई दोसल्ला ओडाएर सम्मान गरीन्। सो समापन कार्यक्रममा डा.देउमान सम्बाहाम्फेको विशेष उपस्थिति रहेको थियो।

आर्थिक संयोजक सुमन कुरुङ्बाङलाई खाद्यान्न र रकम गरि जम्मा कति आर्थिक संकलन भयो भनेर प्रश्न गर्दा त्यसको सम्पुर्ण विवरण चाडैं पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने बताए । हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने मुल नाराका साथ अभियानमा युवाहरुलाई गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र पथरीशनिश्चरेको व्यवस्थापनमा सो ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes