स्वास्थ्यमन्त्रीको क्षेत्रमा निःशुल्क औषधी वितरण अभियान - Pahilo Online

स्वास्थ्यमन्त्रीको क्षेत्रमा निःशुल्क औषधी वितरण अभियान

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले दोस्रो चरणको निःशुल्क औषधी वितरण कार्यक्रम गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको कुशलबजारमा मारवाडी सेवा समिति काठमाडौंद्वारा सौजन्य प्राप्त होमियोपेथिक औषधी निशुल्करुपमा वितरण गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरले नेकपाले रोग प्रतिरोधात्मक निशुल्क औषधी वितरण गरेर सह्रानीय काम गरेकोमा धन्यबाद व्यक्त गरे । उनले निशुल्करुपमा होमियोपेथिक औषधी उपलब्ध गराउने मारवाडी सेवा समिति काठमाडौलाई धन्यवाद समेत दिए ।


उद्घाटन कार्यक्रमका अवसरमा करिव ५ सय परिवारलाई निशुल्क औषधी वितरण गरिएको थियो । वडाभरी १ हजार ९ सय घरपरिवार रहेकोले बांकी सबैलाई क्रमश वितरण गरिदैं जाने कार्यक्रमका अध्यक्ष एवं नेकपा वडा संयोजक गंगा सांवाले जानकारी दिए । नेकपा वडा सचिव प्रेम न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य अम्बरबहादुर बराईली, युवानेता रविन मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम भुल्के मिडिया प्रा.लि.ले सहजीकरण गरेको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes