कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै धर्ना - Pahilo Online

कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै धर्ना

writer

मोरङ । कित्ताकाट खुला गर्ने सरकारको निर्णय कार्यान्वयन नगरेको भन्दै घरजग्गा कारोवार व्यवसायी संघ मोरङले शुक्रबार भूमिसुधार तथामालपोत कार्यालय मोरङ एकघण्टा बन्द गरेको छ । शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म सांकेतिक आन्दोलन स्वरुपकार्यालयमा धर्ना दिएर कामकाज बन्द गराएको संघका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिए ।

नेपाल सरकार भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भदौ १८ गते मन्त्रिस्तरीय निर्णय गरी २०७४ साल भदौदेखि बन्द रहेको कित्ताकाट खुला गरेकी थिइन् । मन्त्रीस्तरीय निर्णय भइसक्दा पनि मालपोत र नापी कार्यालयहरुले कित्ताकाट खुला नगरेपछि घरजग्गा व्यवसायीहरुले निर्णय कार्यान्वयनका लागि दवाव दिँदै आएका थिए ।

घरजग्गा कारोवारीहरुको दवाव भएपनि निर्णय अस्पष्ट भएको र त्यसका बारेमा स्पष्ट हुने काम भइरहेको भन्दै मालपोत कार्यालयले काम अघि बढाएको छैन । व्यवसायीहरुले थप दवाव सिर्जना गर्नका लागि शुक्रबार मालपोत कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले आइतबारबाट पनि कित्ताकाटको प्रकृया सुचारु नभए कार्यालय समय भरी मालपोतको कामकाज ठप्प पार्ने र गेटमा दिनभर धर्ना दिने अध्यक्ष पोखरेलले चेतावनी दिए ।

घरजग्गा व्यवसायीले बैंकबाट कर्जा लिएर अरबौंको लगानी गरेको र तीन वर्षदेखि कारोवार बन्द हुँदा व्यवसायी, जग्गाधनी किसान र बैंकसमेत समस्यामा परेको दावी गरेका छन् । घरजग्गा कारोवार बन्द हुँदा नेपाल सरकारले पनि राजश्वको ठूलो हिस्सा वार्षिकरुपमा गुमाइरहेको भन्दै कारोवार सुचारु गर्न माग गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes