प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु - Pahilo Online

प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिए, एक जनाको मृत्यु

writer

मोरङ । प्रदेश १ मा शुक्रबार १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा शुक्रबार ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिला, सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । विराटनगरकी एक महिलाको मृत्यु भएको हो । हाल सम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । प्रदेश १ मा शुक्रबार ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आईसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा शुक्रबार सम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म १ लाख ५ हजार ७७४ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes