फुड बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमा ८८ पिन्ट रगत संकलन - Pahilo Online

फुड बैंकले आयोजना गरेको रक्तदान कार्यक्रमा ८८ पिन्ट रगत संकलन

writer

पथरी शनिश्चरे । पथरी शनिश्चरे १० मा सञ्चालन भइरहेको फुड बैंकले कार्यक्रम गरेको छ । शुक्रबार आयोजित रक्तदान कार्यक्रममा ८८ पिन्ट रगत संकलन भएको फुड बैंकका एक सदस्य सुमन बिक ले जानकारी दिए।

लामो समयदेखी जारी रहेको बन्दाबन्दीले अस्पतालहरुमा रगत अभाव देखिन थालिसकेको अवस्थालाई मध्यनजर गर्दै सो कार्यक्रमको आयोजना गरिएको यसै कार्यक्रमका संयोजक प्रदिपकुमार राइले बताउनुभयो। सो कार्यक्रममा प्रदिपकुमार राई, आर्थिक संयोजक सुमन कुरुङ्बाङ १० नम्बर वडा सदस्य मैना आचार्य, पत्रकारद्वय गोपाल काफ्ले, विबेक न्यौपाने र भुवन थापालगायत स्थानीयहरुले रगत दान गरेका थिए।

यस कार्यक्रमलाई रेड्क्रस सोसाइटी मंगलबारेले प्राविधिक सहयोग गरेको हो। कार्यक्रमलाई सफल बनाउन पथरी शनिश्चरे नगरका प्रमुख दिलिपकुमार राई, स्वास्थ्य संयोजक मुरारी आचार्यलगायतको विशेष उपस्थिति रहेको थियो।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes