एनओसी ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गर्यो - Pahilo Online

एनओसी ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गर्यो

writer

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको छ । एनओसीले शुक्रबार नेपालमा भएका ओलम्पियन खेलाडीसहित ८९ जनाको कोरोना बिमा गरेको हो । एनओसीका उपाध्यक्ष चतुरानन्द राज बैद्यले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य र सबै कर्मचारीको बिमा गरिएको जानकारी गराए ।

‘नेपालमा भएका र हामीले भेटका करिब ५० जना ओलम्पियन खेलाडी, एनओसीका पदाधिकारी र कर्मचारी गरी ८९ जनाको कोरोना बिमा गरेका छौँ,’ उपाध्यक्ष बैद्यले भने, ’छुटेका ओलम्पियन खेलाडी र अन्यको फेरी गरिने छ ।’ कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै एनओसीले उनीहरुको कोरोना बिमा गरेको हो । एनओसीकोे बैठकले ओलम्पियनसहित पदाधिकारी र स्टाफको कोरोना बिमा गर्ने निर्णय गरेको थियो।

एनओसीले सबैको १ लाख बराबरको कोरोना बिमा गरेको हो । एभरेस्ट इन्सुरेन्स कम्पनीबाट उनीहरुको बिमा गरिएको उपाध्यक्ष बैद्यले जानकारी गराए । कोरोनाबाट गत महिना एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी संक्रमित भएका थिए । महासचिवसहित सबै कर्मचारी कोरोनाबाट मुक्त भईसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes