मोरङ । प्रदेश १ सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि १ करोड १० लाख बजेट निकासा गरेको मुख्यमन्त्री शेरधन राईले बताए । उक्त रकम आइसोलेसन केन्द्र व्यवस्थापनका लागि स्थानीय तहलाई उपलब्ध गराएको छ । उनका अनुसार मोरङको सुनवर्षी, रतुवामाई नगरपालिकालाई १०र१० लाख, धनपालथान, जहदा र कटहरी गाउँपालिकालाई ५र५ लाखका दरले बजेट उपलब्ध गराइएको छ ।
यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगन्ज र कमल गाउँपालिकालाई ५र५ लाख, इलाम अस्पताललाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, झुम्का कारागारलाई १० लाख बजेट उपलब्ध गराएको राईले बताए । सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरस्थित आइसोलेसन केन्द्र व्यवस्थापनका लागि १० लाख बजेट उपलब्ध गराएको हो ।