पथरी शनिश्चरे १० मा आधारभूत स्वास्थ्य सेवा सुरु - Pahilo Online

पथरी शनिश्चरे १० मा आधारभूत स्वास्थ्य सेवा सुरु

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० मा बुधबार आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन भएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला र नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाबाट संयुक्त रुपमा केन्द्रको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख वास्तोलाले नगरले वडावासीको स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने काममा सक्रियता देखाइरहेको जनाउँदै सवै वडामा यसप्रकारको केन्द्र स्थापना कार्य अघि बढेको बताए ।

सो अवसरमा, प्रमुख प्रशासकीय अधिकृत धमलाका साथै वडा सदस्य अनोज घिमिरे, नगर स्वास्थ्य सहसंयोजक एकराज खत्री, जग्गादातामध्येका दिलबहादुर कार्कीले मन्तव्य व्यक्त गरेका थिए। कार्यवाहक वडाध्यक्ष मैनादेवी फूयँल आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा १० र ९ नम्वर वडावासीको उपस्थिती रहेको थियो । तत्कालका लागि त्यहाँ २ जना स्वास्थ्यकर्मी खटिएका छन् ।

स्थानीय दिलबहादुर कार्की र गोपाल कार्कीले जग्गा दान गरेपछि भवन बन्ने काम सुरु भएपनि तत्काललाई त्रिवेणी चोकमा घर भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो । कार्की दाजूभाईले आफ्ना बुबा हरिश्चन्द्र कार्कीको स्मृतिमा ३० लाख मुल्य पर्ने २ कठ्ठा जग्गा केन्द्रका लागि दान गरेका हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes