ब्लड क्यान्सर पिडित चित्रबहादुरलाई सहयोगको अपिल - Pahilo Online

ब्लड क्यान्सर पिडित चित्रबहादुरलाई सहयोगको अपिल

writer

पहिलो अनलाइन

शनिश्चरे । मोरङ पथरीशनिश्चरे ४ निवासी भक्तकुमारी ठकुरीको छोरा चित्रबहादुर ठकुरी (अमित)लाई ब्लड क्यान्सरबाट पिडित भई उपचारका लागि सहयोगको अपिल गरिएको छ । घरको आर्थिक अवस्था एकदमै नाजुक भएकोले उपचारमा समस्या भएको भन्दै चित्रबहादुरकी आमा भक्तकुमारीले सबैसंग सहयोगको अपिल गरेकी हुन् ।

ब्लड क्यान्सरबाट पिडित चित्रबहादुरको भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । छोराको उपचारमा हालसम्म करिव पांच लाख रुपैयां खर्च भइसकेको र अरु तीस लाख रुपैयां लाग्ने डाक्टरले बताएको भक्तकुमारीले बताइन् । उपचार वापतको सो रकम जुटाउन उनले सबैसंग अपिल गरेकी हुन् ।

काठमाडौंमा बसेर घरमा रंगलगाउने काम गरी परिवार पाल्दै आएका चित्रबहादुरकी श्रीमती क्यान्टिनमा काम गरी दुई छोरी र एक छोरालाई पढाई खर्च जुटाउंदै आएका थिए ।


ज्याला मजदुरी गरी परिवार पाल्दै आएका ठकुरी परिवारलाई तीस लाख रुपैयां रकम जुटाउन असम्भब भएकोले स्थानीय शिक्षक तुलसीप्रसाद भट्टराईको संयोजकत्वमा ‘चित्रबहादुर ठकुरी बचाउ अभियान’ समिति गठन गरी सहयोग संकलन थालिएको भक्तकुमारीका दाजु समाजसेवी घमण्ड ठकुरीले बताए ।

तुलसीप्रसाद भट्टराई संयोजक रहेको समितिमा मिनबहादुर ठकुरी, भविन्द्र थापा, रुद्रबहादुर रोक्का र रक्षा रिजाल रहेर सहयोग जुटाउने काम भइरहेको छ । चित्रबहादुरको उपचारका लागि स्थानीयस्तर र देश विदेशबाट रकम संकलन भइरहेको अभियानका संयोजक भट्टराईले बताए । चित्रबहादुरको उपचारका लागि हालसम्म ७४ हजार रुपैयां संकलन भइसकेको उनले जानकारी दिए ।

जसमा डिल्लीराम गौतम १ हजार रुपैयां, तुलसीप्रसाद भट्टराई १ हजार १ सय, रोहित रिजाल २ हजार ५ सय, राजेन्द्र आलेमगर २ हजार ५ सय, शम्भु पोखरेल ५ हजार, होमबहादुर अधिकारी २ हजार, नगेन्द्रप्रसाद रिजाल २ हजार ५ सय, मुकुन्द पौडेल ५ हजार, प्रगतिटोल किर्तन मण्डली १३ हजार ७५०, भक्तबहादुर सार्की, राजन श्रेष्ठ, मणि राई, दुर्गाबहादुर कार्कीलगायतबाट १० हजार ५१०, नन्दबहादुर मेवाहाङ राई, विक्रम कुलुङ, भुपाल मेवाहाङ राई, मोहन तामाङ, सन्तोष कुलुङ, चन्द्र कुलुङ, निलम गिरी, थोगमाया ढुंगाना, गोपाल तामाङ, लखन तामाङ, आइतसिंह तामाङबाट १७ हजार १६१, ज्ञानबहादुर रोक्काबाट ५ हजार, कौशिला दाहालबाट ६ हजार रुपैयां संकलन भएको समितिले जनाएको छ ।

सहयोग रकमलाई व्यवस्थित गर्न र दाताहरुको सहजताका लागि समितिले तुलसीप्रसाद भट्टराई र रुद्रबहादुर रोक्काको नाममा एक्सल डेभलपमेन्ट बैंक शनिश्चरे शाखामा खाता सञ्चालन गरिएको छ ।

भक्त कुमारी ठकुरीको एकमात्र छोरा बर्ष ४४ को चित्र बहादुर ठकुरी (अमित) ब्लड क्यान्सर रोगबाट पिडित भई हाल काठमाडौमा उपचाररत भएको र निजलाई बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने भएकाले निजको आर्थिक अवस्था दयनीय भएको हुँदा इच्छुक दयालु महानुभावहरुले सहयोग गर्न पथरीशनिश्चरे नगरपालिका वडा नं. ४ ले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले समेत अपिल गरेका छन् ।

वडाध्यक्ष गोविन्दबहादुर भण्डारी र नेकपा वडा संयोजक तथा सचिव प्रेमप्रसाद न्यौपानेले अपिल जारी गरी सहयोगको आग्रह गरेका हुन् ।
सहयोगका लागि चित्रबहादुर बचाउ अभियानका संयोजक तुलसीप्रसाद भट्टराई ९८४२२५१५४९, रुद्रबहादुर रोक्का ९८४२२७७१८०, भविन्द्र थापा ९८४२०७२२०६ र मिनबहादुर ठकुरी ९८४२०७५९७५ सम्पर्क गर्न वा बैंकको खाता नं. ०३००१०००१२९७८५०००००१ मा सिधै जम्मा गर्न सकिने जनाइएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes