आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान - Pahilo Online

आधारभूत स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १० मा खडा भएको आधारभूत स्वास्थ्य केन्द्रका लागि मंगलबार आवश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिएको छ । उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत पीपीइ सेट, ज्वरो नाप्ने थर्मलगन, केएन नाइन्टीफाइभ मास्क, ग्लोब, गमबुट सहितका सामग्री वडा कार्यालयमार्फत वितरण भएको हो ।

१० नम्वर वडाध्यक्ष सागर राई, कार्यपालिका सदस्य मैनादेवी फूयँल आचार्य, वडा सदस्य मनकुमारी विश्वकर्मा, स्थानीय समाजसेवी दिलबहादुर कार्की र कमल बुढाथोकीले त्रिवेणी चोक दक्षिणमा स्थापना भएको स्वास्थ्य केन्द्रका लागि ती सामग्री हस्तान्तरण गरे ।

स्थानीय दिलबहादुर कार्की र गोपाल कार्कीले जग्गा दान गरेपछि भवन बन्ने काम सुरु भएपनि तत्काललाई घर भाडामा लिएर आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिने भएको हो । भोली त्यहाँको सेवाको उद्घाटन् हुने भएको वडाध्यक्ष राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes