प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण, ४ हजार १७७ को पोजेटिभ - Pahilo Online

प्रदेश १ मा १ लाखको पीसीआर परीक्षण, ४ हजार १७७ को पोजेटिभ

writer

मोरङ । प्रदेश १ मा १ लाख बढीको पीसीआर परीक्षण भएको छ । सोमबार सम्म १ लाख ३४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सोमबार १ हजार ८६० जनाको परीक्षण भएको छ । हाल सम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १७७ को पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४३६, मेची अस्पताल झापाबाट २ हजार ८९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ ।

प्रदेश १ मा मोरङमा सवैभन्दा बढी ३१ हजार २६७ जनाको परीक्षण गरिएका छ । परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा संक्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६७९ र झापामा २३ हजार ५८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट अहिले पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा गत चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण शुरु गरेको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes