पथरी शनिश्चरेको फुड बैंकलाई बिकास विश्व र सुमित्रा सुनारको सहयोग - Pahilo Online

पथरी शनिश्चरेको फुड बैंकलाई बिकास विश्व र सुमित्रा सुनारको सहयोग

writer

पथरी शनिश्चरे । लकडाउनका समयमा बिपन्न वर्गका परिवारहरुको पेट भर्नका लागि महत्वपूर्ण भुमिका खेलेको पथरी शनिश्चरेको फुड बैंकले निरन्तर काम गरीरहेको छ। भदौ १२ गते देखि सञ्चालनमा आएको फुड बैंकलाई १५० भन्दाबढी व्यक्तिहरुले र विभिन्न संघसस्थांहरुले आर्थिक तथा खाद्यान्न सामग्रीहरुसहयोग गरिरहेका छ्न।

यसैबीच पथरीशनिश्चरे १ निवासी बिकास विश्व र सुमित्रा सुनारले बैंकलाई १० हजार आर्थिक सहयोग गरेका छ्न। सामाजिक कार्य गर्न रुचाउने विश्वले खुसी व्यक्त गर्दै सहयोग गर्दा आत्मसन्तुष्टि हुने बताउदै आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताए । प्रत्येक दिन १२५ भन्दाबढी आर्थिक अवस्था कमजोर भएका परिवारहरुले लाभ लिइरहेका छ्न। यो अभियान अन्तर्गत वडावडामा पुर्याउने काम गरियो। जसमा वडा नम्बर १० सहित ९, ८, ६, ४ र १ का कुल १८ सय परिवारहरुलाई खाद्यान्न प्रदान गरिसकिएको अभियानका संयोजक प्रदिपकुमार राईले बताए। साथै उनले बैक स्थापना गरिएको स्थानबाट सोही वडाका परिवारहरुले र अन्य छिमेकी पालिकाकोले समेत खाद्यन्न लगिरहेको जानकारी दिए।

हालसम्म सो बैंकमा ७ लाख रुपैयाँ बराबरको आर्थिक र खाद्यान्न सामग्री संकलन भइसकेको सो अभियानका आर्थिक पाटो समालिरहेका सदस्य सुमन कुरुङ्बाङले जानकारी गराए। अब केहि दिनमै अन्य वडामा पनि सो अभियान सुरु गरिने उनले बताए ।
नगरभित्र वा नगर बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, १ पोका खाने तेल र आधा के.जि दाल उपलब्ध गराइदै आएको छ।

हामी छौं त केवल एक अर्काका लागि छौं’, ‘सकिन्छ मुठी खोलौं, सकिदैन लिएर जाउँ’ भन्ने मुल नारा रहेको अभियानमा गरिमा अनलाइन टेलिभिजन, हाम्रो फाउण्डेशन, भूटानी शिविर व्यवस्थापन समिति, प्रतिभा समाज सुधार युवा क्लब र पथरीशनिश्चरेको व्यवस्थापनमा सो ‘फुड बैंक’ सञ्चालनमा ल्याइएको हो। जुन अभियान देखेर देश तथा बिदेशबाट निरन्तर सहयोग जुटिरहेको छ।

यसका साथै उर्लाबारीस्थित कृषालय एग्रोग्रेट प्रालिले सो अभियानमा खट्नेहरुका लागि ३ सय थान मास्क उपलब्ध गराएको छ । कोरोनाको जोखिमबाट बच्ने सन्दर्भमा १० नम्वर वडा कार्यालयले १० नम्वर वडास्थित ‘प्रहरीको साथी म’ लाई निःशुल्क बिमा गरिदिएको छ । साथै ‘फुड बैंक’को व्यवस्थापनमा पनि सघाएको छ । १ हप्तादेखी सञ्चालमा आएको फुड बैंक अझ केही दिन चल्नेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes