कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक - Pahilo Online

कोरोना सम्बन्धि जनचेतनामूलक छोटो चलचित्र सार्वजनिक

writer

कानेपोखरी । कोरोना भाईरसको संक्रमणबाट बच्न के–कस्ता सावधानीका उपायहरु अपनाउनुपर्छ भन्ने सचेतना जगाउने उद्धेश्य स्वरुप कानेपोखरी गाउँपालिका वडा नम्वर २ थारु टोलले जनचेतनामूलक छोटो चलचित्र “कोरोना भाग–१” तयार गरेको छ। बिआरसी स्टुडियोको युट्युव च्यानलमार्फत उक्त चलचित्र शनिबार सार्वजनिक गरिएको हो ।

भिडियोमा कोरोना संक्रमीत हुनबाट कसरी बच्ने र भइहालेमा नआत्तिकन सुरक्षा सावधानी अपनाए कोरोनालाई सहजै परास्त गर्न सकिने रहेछ भन्ने सन्देश प्रस्तुत गरिएको छ। भिडियोमा भुमी दुलाल, बिध्यानन्द चौधरी, कृष्णकुमारी कोईराला, रोशन रुचाल, सुनिता आचार्य, शिशिर पौडेललगायत अभिनय रहेको छ । सर्ट फिल्मको कथा लेखन, छायांकन, सम्पादन तथा निर्देशन भगत चौधरीको रहेको छ।

९ मिनेट ४७ सेकेन्डको यस भिडियोको दोश्रो शृङ्खला चाडैं आउने यसै भिडियोको एक कलाकार बिध्यानन्द चौधरीले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes