अर्काे सूचना नभएसम्मका लागि पथरीशनिश्चरेमा लकडाउन तत्काललाई हटाइएको - Pahilo Online

अर्काे सूचना नभएसम्मका लागि पथरीशनिश्चरेमा लकडाउन तत्काललाई हटाइएको

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा जारी राखिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि तत्काललाई हटाइएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको आज बसेको बैठकले लकडाउनले मानिसहरुको गतिविधिमा असहजता उत्पन्न गरेकाले स्वास्थ्य सतर्कता चाँही सधैं अपनाउन आव्हान गर्दै तत्काललाई लकडाउन हटाउने निर्णय गरेको हो । समुदायस्तरमा केहीमात्रामा कोरोना देखिएको अवस्थालाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाउँदै आफुपनि बच्ने र अरुलाई पनि बचाउने योजना अनुरुप नगरवासीको दिनचर्या रहनु पर्नेमा जोड दिइएको छ ।

अनिर्वाय रुपमा भौतिक दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने तथा साबुनपानीले हात धुने वा सेनिटाइजरको प्रयोग गरी अर्काे सूचना नभएसम्मका लागि भोलीबाट सम्पूर्ण प्रकारका कार्यालय, व्यापार, व्यवसाय खुला गर्ने निर्णय भएको नगर प्रमुख एवम समन्वय समितिका संयोजक दिलीपकुमार राईले बताए । स्वास्थ्य सतर्कता नअपनाएमा नियमानुसार कारवाही गरिने तथा अपरिचत व्यक्ति नगरमा प्रवेश गरेको पाइए प्रहरीलाई जानकारी गराउने समेत निर्णय गरिएको उनले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes