९० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा कोरोना - Pahilo Online

९० जनाको पीसीआर परीक्षण गर्दा २ जनामा कोरोना

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा समुदायको ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा पछिल्लो पटक ९० जनाको पीसीआर परीक्षणमा २ जनामा कोरोना भाइरस देखिएको छ । भदौ १७ गते स्वाब संकलन गरी परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएकोमा २ पुरुषमा कोरोना देखिएको रिपोर्ट शनिबार प्राप्त भएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए । जसमा वडा नम्वर १ का ३७ र ४६ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुको हालको अवस्था सामान्य रहेको छ ।

यसअघि ‘कन्ट्रयाक ट्रेसिङ’ का आधारमा समुदायका ७७ र क्वारेन्टिनका ५ गरी ८२ जना सबैको रिपोर्ट भनें नेगेटिभ आएको थियो। समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि लकडाउनलाई निरन्तरता दिँदै संक्रमितको सम्पर्कमा रहेकाहरुको २ दिनमा गरी स्वाब संकलन गरेर परीक्षणमा पठाइएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes