नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण - Pahilo Online

नेकपाद्वारा रोगप्रतिरोधात्मक औषधी निशुल्क वितरण

writer

पहिलो अनलाइन

शनिश्चरे । पथरीशनिश्चरे ४ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटीले वडावासीलाई रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधी निशुल्क वितरण गरेको छ । आज शनिबार नेकपा वडा कमिटीले वडाको सम्झनाचोकमा मारवाडी सेवा समिति काठमाडौंद्वारा सौजन्य प्राप्त होमियोपेथिक औषधी निशुल्करुपमा वितरण कार्यक्रमको शुभारम्भ गरेको हो ।


कार्यक्रमका प्रमुख अतिथि पहिलो संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगरले औषधी विगरण कार्यक्रमको उद्घाटन गरेका थिए । कोरोनाको महामारीबाट बच्न सरकारले केही नगरेको भन्ने जनगुनासो आइरहेको अवस्थामा नेकपाले रोग प्रतिरोधात्मक निशुल्क औषधी वितरण गरेर सह्रानीय काम गरेको भन्दै सभासद सुस्लिङले प्रसंसा गरे । उनले निशुल्करुपमा होमियोपेथिक औषधी उपलब्ध गराउने मारवाडी सेवा समिति काठमाडौ र सहजकर्ता विरेन्द्र बुढाथोकीलाई समेत धन्यवाद दिए ।


कार्यक्रमका अतिथि पथरीशनिश्चरे ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले वडावासीहरुलाई औषधी नियमित रुपमा सेवन गर्न आग्रह गर्दै शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाई कोरोनालाई समेत जित्न शुभकामना दिए । वडाध्यक्ष भण्डारीले आफुले पनि नियमित रुपमा होमियोपेथिक औषधी सेवन गर्दै आएको बताउंदै यसले अन्य रोगको औषधी सेवन गरिरहेका विरामी, बालक, वृद्ध जुनसुकै उमेरका मानिसलाई कुनै किसिमको साइड इफेक्ट नगर्ने जानकारी दिए । होमियोपेथिक औषधीले ढिलो काम गर्ने तर पक्का गर्ने भएकोले धैर्यपूर्वक नियमित सेवन गर्न उनको सुझाव छ ।

उद्घाटन कार्यक्रमका अवसरमा करिव ५ सय परिवारलाई निशुल्क औषधी वितरण गरिएको थियो । वडाभरी १ हजार ९ सय घरपरिवार रहेकोले बांकी सबैलाई क्रमश वितरण गरिदैं जाने कार्यक्रमका अध्यक्ष एवं नेकपा वडा संयोजक गंगा सांवाले जानकारी दिए । नेकपा वडा सचिव प्रेम न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्यहरु तुलसादेवी दर्जी, अम्बरबहादुर बराईली, चन्द्रमा युवा तथा बाल क्लबका अध्यक्ष मुनाल राईलगायतको उपस्थिति रहेको थियो । फुलमाया तामाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम चन्द्रमा युवा तथा बाल क्लब र भुल्के मिडिया प्रा.लि.ले सहजीकरण गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes