भोजपुरमा तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल बिक्रि - Pahilo Online

भोजपुरमा तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल बिक्रि

writer

भोजपुर । जिल्लाको अरुण गाउँपालिकामा रासायनिक बिक्रि वितरणमा कालोबजारी भएको पाईएको छ । प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने मल स्थानीय व्यापारी अर्जुन कटुवालले २५ सयमा किसानलाई बेच्ने गरेको स्थानियले बताएका छन् । तोकिएको मूल्य भन्दा चार गुणा बढी मूल्यमा रासायनिक मल किसानलाई बेच्ने गरेको पाइएको हो ।

कटुवालले यस अघि पनि वास्तविक मूल्य भन्दा तेब्बर बढी मूल्यमा मल बेचेको स्थानीय नवराज फुँयालले बताए । फुयालले भने “स्थानीय खुद्रा व्यापारी समेत रहेका कटुवालले कोरोना महामारीको बन्दाबन्दीमा पनि गाउँमा मनपरी मूल्यमा मल बेच्दै आएका छन् , गाउँमा मलको हाहाकार भएपछि हामी जस्ता किसान कटवालले तोकेकै महंगो भाउमा मल किन्न बाध्य भएका छौ ।”

मनपरी मूल्य तोकेर गाउँमा मलको कालोबजारी गरिरहेको गोप्य सूचना पाए पछि प्रहरीले बुधवार मल ढुवानी गर्ने चालक र गाडीलाई नियन्त्रणमा लिएको छ । मोरङको सलकपुरबाट रातारात मल ल्याउदै गर्दा को १ ख ३४६६ नम्बरको मिनी ट्रकका चालक भोजपुर नगरपालिका १२ का धन बहादुर सुन्दासलाई ४० बोरा युरिया मलसहित पक्राउ गरिएको हो ।

मल ल्याउने क्रममा धनकुटाको लेगुवा र भोजपुरको जरायोटार प्रहरी चेक पोष्टमा प्रहरीले सोधपुछ गर्दा ‘गाडीमा कुखुराको चारो छ’ भनी चालक सुन्दासले झुक्याएर गाडी प्रवेश गराएका थिए । पछि गाउपालिकाको ओदानेमा गाडी रोकेर चालकलाई स्थानीयले सोधपुछ गर्दा याकुका व्यापारी कटुवालको मल ल्याएको बताए पछि मलको कालो बजारी पर्दाफास भएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes