९४ वर्षको एकल वृद्धलाई नागरिकता वितरण - Pahilo Online

९४ वर्षको एकल वृद्धलाई नागरिकता वितरण

writer

भोजपुर । एकल बस्दै आएका भोजपुर नगरपालिका–२ हेलौछाका वीरबहादुर तामाङले ९४ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन। तामाङलाई बुधबार प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। नागरिकता नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट बञ्चित हुँदै आएका थिए।

तामाङलाई वडा कार्यालयको सिफरिस तथा स्थानीय अधिकारकर्मीको पहलमा नागरिकता वितरण गरिएको हो। परिवार अन्य सदस्य कोही नभएका तामाङ उमेर हुँदासम्म दैनिक ज्यालादारीमा काम गर्दै आएको तर अशक्त भएपछि घरमै थलिएर बस्दै आएको स्थानीयले बताएका छन्। वृद्ध अवस्थामा भए पनि नागरिकतामा पाएको भन्दै बृद्ध तामाङले खुसी व्यक्त गरे।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes