प्रदेश १ सरकारले कोरोना उपचारको एक हजार आइसोलेसन बेड थप्ने - Pahilo Online

प्रदेश १ सरकारले कोरोना उपचारको एक हजार आइसोलेसन बेड थप्ने

writer

मोरङ । कोरोना भाइरस दिन प्रतिदिन बढ्दै गइरहेको अवस्थामा कोरोना भाइरसको बढ्दो संक्रमण र जोखिमलाई कम गर्न प्रदेश १ सरकारले विराटनगरमा थप एक हजार बेडको आइसोलेसन योजना बनाएको छ। बिहीबार प्रदेशस्तरीय सिसिएमसीको भर्चुअल बैठकमा विराटनगरका कम्तीमा एक हजार बेड हुने गरी आइसोलेसन केन्द्र बनाउने निर्णय गरेको हो। बैठकमा मुख्यमन्त्री शेरधन राईले यथाशीघ्र निर्माण काम थाल्न एवं प्रदेश भित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्था सहित विस्तृत विवरण तयार गर्न निर्देशन दिएका छन्।

आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई दिइएको छ। स्थानीय पालिका, निजी क्षेत्र लगायतसँग समन्वय र साझेदारीमा आइसोलेसन सञ्चालन हुनेछन्। बैठकले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कर्फ्यु आदिलाई क्रमशः हटाउँदै जाने, संक्रमण देखिएको स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवम स्थानीय प्रशासनसँग समन्वयात्मक रुपमा बढ्ने नीति लिएको छ। बैठकले भारतबाट स्थल मार्ग हुँदै आउने नेपालीका लागि तोकिएको प्रवेश विन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ, टांगनडुवा झापा, गौरीगन्ज झापा र भन्टाबारी सुनसरीलाई थप प्रवेश विन्दु नाका कायम गर्ने निर्णयसमेत गरेको छ। भोजपुर नगरपालिका–६ स्थित देउरालीमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा २५ बेडको आइसोलेसन वार्ड सञ्चालन एवं उदयपुरको नेत्र ज्योति संघद्वारा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पतालमा आइसोलेसन वार्ड स्थापना गर्न उदयपुर अस्पताललाई अनुमतिसमेत बैठकले दिएको छ।

बैठकले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान, २०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ। तत्कालका लागि यो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes