पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरेमा क्वारेन्टिनमा रहेका र समुदायका गरी ८२ जनाको कोरोना पीसीआर परीक्षणको रिपोर्ट बिहिबार नेगेटिभ आएको छ । भदौ १६ गते क्वारेन्टिनका ५ र समुदायस्तरमा कोरोना संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ मार्फत ७७ जनाको स्वाब परीक्षणमा पठाइएकोमा कसैमा पनि कोरोना नदेखिएको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जानकारी दिए।
समुदायस्तरका ३ जनामा कोरोना भाइरस देखिएको र एकजनामा मृत्युपछि संक्रमण पुष्टि भएपछि नगरमा ‘कन्ट्रयाक ट्रेसिङ’ गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब पठाइएको थियो । जसमा ‘कन्ट्रयाक ट्रेसिङ’ का आधार भदौ १७ गते पनि ९० जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ । त्यसको भनें रिपोर्ट आउन बाँकी रहेको छ ।
हाल जारी रहेको बन्दाबन्दी (लकडाउन) अव आउने पछिल्लो रिपोर्टका आधारमा के हुने भन्ने निर्णय गरिने नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जनाउनु भयो । स्वाबको रिपोर्ट आएपछि रिपोर्टको अवस्थाको आधारमा लकडाउन हट्ने वा स्वरुप परिवर्तन हुने बारे निर्णय हुनेछ । तसर्थ रिपोर्ट नआउन्जेलसम्म लकडाउन निरन्तर रहने छ ।