कानेपोखरीमा सञ्चालिन फुड बैंकबाट ५३६ भन्दा बढी सँख्यामा लाभान्वित - Pahilo Online

कानेपोखरीमा सञ्चालिन फुड बैंकबाट ५३६ भन्दा बढी सँख्यामा लाभान्वित

writer

कानेपोखरी । मोरङ्गको कानेपोखरी गाउँपालिकामा सञ्चालनमा ल्याइएको फुड बैंकबाट लाभान्वित हुनेको संख्या ५३६ भन्दा बढी पुगेको छ। भदौ १२ गते शुक्रबारदेखि वडा न.६ बरगाछीबाट सुरु भएको बैंकले विपन्न परिवारको पेट भर्नमा सहयोग गरेको फुड बैंकका संयोजक हिमप्रसाद तिम्सिनाले बताए । तिम्सिनाका अनुसार पालिकाभित्र र बाहिर बसोबास गर्ने अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ३ के.जी चामल, १ के.जी दाल, आधा लिटर खाने तेल, १ के.जी नून र १ के.जी स्याबिनसहित १ वटा साबुन उपलब्ध गराइएको छ।

पालिका भित्रका विभिन्न संस्थामा आवद्ध सहयोगि मनहरुले साथै अन्य मनकारी मानिसहरुले खाद्यान्न साथै आर्थिक सहयोग निरन्तर गरिरहेका छ्न। तिम्सिनाका अनुसार हालसम्म १०० भन्दा बढि व्यक्तिगत सहयोग र २ वटा मनकारी संस्थाहरु सुनकोसी बचत तथा ऋण सहकारी र मितेरी बैंक कानेपोखरी६, रमाइलोले आर्थिक तथा खाद्यान्न सहयोग गरेको जानकारी दिए ।

‘हुनेले दिएर जाऔ नहुनेले लिएर’ भन्ने मुलनाराका साथ कानेपोखरीका चारवटा परोपकारी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी बयरबन उपशाखा, रमाइलो जेसिस, व्यापार प्रबन्ध समिति र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा फुड बैंक सञ्चालन गरिएको हो। बिहान ७ बजेदेखी १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने बैंकका संयोजक तिम्सिनाले यस्तो खालको कार्यक्रम सञ्चालन गर्न केही चुनौतीहरु छन तर ती चुनौतीहरुलाई पार गर्दै पालिका भरीका विभिन्न स्थानमा यो कार्यक्रम केही दिनमै लैजाने र पालिका भरी समस्यामा परेका अति विपन्न परिवार समक्ष खाद्यान्न पुर्याउन लागिएको छ ।

कोरोनाको कारणले भन्दा पनी भोकमारीले अब मानिसको मृत्यु हुने सम्भावना रहेकाले फ्रन्ट लाइनमै रहेर सम्पुर्ण आयोजकले कार्य गरिरहेको यसै कार्यक्रमका एक सदस्य गणेश सुवेदीले बताए। अब चाडैं वडा न.२ मा सञ्चालन गर्न योजना रहेको छ भने यो कार्यक्रम लगभग १ महिनासम्म चल्नेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes