सुनसरीमा बिना इजाजतको औषधि सहित ३ जना पक्राउ - Pahilo Online

सुनसरीमा बिना इजाजतको औषधि सहित ३ जना पक्राउ

writer

सुनसरी । सुनसरी हरिनगर गाँउपालिका २ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा हरिनगर १ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई बुधबार विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि Nimos-p-२९८० ट्याब्लेट, vibel-४९८० क्याप्सुल, Zenegra Red-८०० ट्याब्लेट ,Nitravet-६० ट्याब्लेट,  Spasmo proxyvon -८ ट्याब्लेट, laboat-syrinj Injecrion-४३ थान,  पुरुष जिवन क्याप्सुल-१२०, Dermikem oc- १९५ थान मलम, Cetsol Tablet -१२,०००,  pantoprazole Gastro resistant-७९० क्याप्सुल, Acelorlam sp-४०० ट्याब्लेट , P40-D-३५९० ट्याब्लेट र KT5 Dermcream- ८४ वटा मलम बरामद गरिएको छ ।  पक्राउ परेका तिनै जना मानिस र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes