पथरी शनिश्चरे नगरमा लकडाउन लाई निरन्तरता - Pahilo Online

पथरी शनिश्चरे नगरमा लकडाउन लाई निरन्तरता

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा आज(बुधबार) राती १२ सम्म तोकिएको बन्दाबन्दी (लकडाउन) अर्काे सूचना नभएसम्मका लागि पुनः निरन्तर रहने भएको छ । समुदायस्तरका कोरोना भाइरस संक्रमितको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ बाट पीसीआर परीक्षणका लागि स्वाब संकलन गरि पठाइएको र सो को रिपोर्ट नआउन्जेलसम्मलाई लकडाउनले निरन्तरता पाउने भएको हो । स्वाबको रिपोर्ट आएपछि रिपोर्टको अवस्थाको आधारमा लकडाउन हट्ने वा स्वरुप परिवर्तन हुने बारे निर्णय हुनेछ । तसर्थ रिपोर्ट नआउन्जेलसम्म लकडाउन निरन्तर रहने नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जनाए ।

नगरमा मृत्यु भएका १ जनामा कोरोना देखिएको तथा समुदायका अन्य ३ जनामा पनि सो संक्रमण देखिएकाले तिनीहरुका परिवार तथा सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गरी हिजो र आजमा १ सय ७२ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

१ जना संक्रमित देखिएको वडा नम्वर १ को सुन्दरबस्तीलाई सिल गरिएको छ । अर्का संक्रमित देखिएको हनुमानचोक र अन्नपूर्ण चोक दक्षिणका अर्का संक्रमितको घरपरिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध छ । यसैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिएको छ ।

विहान ६ बजेदेखि विहान १० बजेसम्म खुल्ने सब्जी, फलफुल, दुधजन्य पसलहरुमा भिडभाड नगरी कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरी मास्क र ग्लोब लगाएर साबुनपानी वा सेनिटाइजरले हात सफा गरेर मात्र कारोबार गर्न थप सचेत गराइएको छ । सैलुन, जिमहल, व्यूटिपार्लर, होटल सहित सरकारले प्रतिवन्धित गरेका पेशा व्यवसायहरु सञ्चालन नगर्न र घरमै बसेर कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन अनुरोध छ । स्वास्थ्य सतर्कता अपनाउँदै बैंक तथा वित्तिय संस्था भनें दिउँसो १ बजेसम्म सञ्चालनको अनुमति छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes