प्रदेश १ मा मंगलबार ८७ संक्रमित थपिए, १४ जना डिस्चार्ज - Pahilo Online

प्रदेश १ मा मंगलबार ८७ संक्रमित थपिए, १४ जना डिस्चार्ज

writer

मोरङ । प्रदेश १ मा मंगलबार ८७ जना कोरोनामा संक्रमण पुष्टि भएको छ। सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषm गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।

प्रदेश १ मा मंगलबार १४ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ । प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes