कानेपोखरी पुनः एकजना ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण - Pahilo Online

कानेपोखरी पुनः एकजना ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण

writer

कानेपोखरी । कानेपोखरी गाउँपालिकामा पुनः एकजना ४७ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारको क्रममा भदौ १४ गते उनलाई कोरोना पुष्टि भएको हो। वडा न.३ निवासी उनमा साउन २८ गते खुट्टा सुनिन्ने समस्या भएपछी कानेपोखरी ६, रमाइलोको कंकालिनी क्लनिकमा लगिएको थियो। सोही दिन पथरीको एक हस्पिटल लगेपश्चात उतैबाट बिपि प्रतिष्ठानमा लगेर १ दिन राखेपछी फेरि उनलाई साउन २९ गते विराटनगरनगरको न्युरो हस्पिटलमा भर्ना गरियो।

केहिदिनको न्युरो बसाईपछी उनको स्वाब संकलन गर्दा भदौ १४ गते उनमा कोरोना संक्रमण देखिएको कानेपोखरी स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताए। संक्रमीत हाल न्युरो हस्पिटलको आईसोलेसनमा रहेको पनि उनले जानकारी दिए। हालसम्म कानेपोखरीका ६ जनामा कोरोना संक्रमण देखिएको छ भने रमाइलोस्थित जनसेवा मावीको क्वारेन्टाइनमा आज दुईजना भारतबाट आएका थपिएसंगै क्वारेन्टाइनमा बस्नेको संख्या ७ पुगेको स्वास्थ्य प्रमुख राजभण्डारीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes