इलाममा दुई वटा बीओपी उद्घाटन - Pahilo Online

इलाममा दुई वटा बीओपी उद्घाटन

writer

इलाम । सशस्त्र प्रहरीले इलामका पूर्वी दुई स्थानामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । सीमा सुरक्षा र स्थानीयलाई सुरक्षा दिन रोङ गाउँपालिका ६ को सलकपुर र सूर्योदय नगरपालिका ५ समालबुङका दुवै बीओपी सशस्त्र प्रहरी बराह बाहिनीका डीआईजी वंशीराज दाहालले उद्घाटन गरे ।

उनले सीमा क्षेत्रमा स्थापना भएका बीओपीले सीमानाको रक्षा गर्नुका साथै स्थानीयलाई सुरक्षाको अनुभुति हुने गरी काम गर्न जिल्लामा कार्यरत सशस्त्र प्रहरीलाई निर्देशन दिए । यसअघि पशुपतिनगरमा रहेको बीओपीले सबै सीमा क्षेत्रको अवलोकन गर्न कठिनाई हुँदै आएको थियो ।

इलाम जिल्लाको रोङ गाउँपालिकाको तिरिङदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको ५२ दशमलव ५ किलोमिटर क्षेत्रका विभिन्न स्थानमा ७ वटा बीओपी राख्ने तयारी वर्षौंदेखि थालिए पनि ढिलाइ हुँदै आएको छ । सशस्त्र प्रहरी बल इलामका एसपी सुधिर जंग थापाले कात्तिकभित्रमा नेपाल भारत सीमा क्षेत्रको छब्बीसे, जौबारी, कालपोखरी र सन्दकपुरमा थप ४ वटा बीओपी स्थापना गर्ने बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes