मोरङमा निषेधाज्ञा अवधि २२ गते राति १२ बजेसम्मलाई बढाइयो - Pahilo Online

मोरङमा निषेधाज्ञा अवधि २२ गते राति १२ बजेसम्मलाई बढाइयो

writer

मोरङ । दिनप्रतिदिन कोरोना महामारीले बढ्दो रुपलिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई २२ गते सम्मलाई बढाएको छ । केही प्रावधानलाई खुकुलो बनाउँदै थप ६ दिनका लागि बढाएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले मंगलबार जारी गरेको आदेश अनुसार मंगलबार राति १२ बजेदेखि भदौ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम रहने उल्लेख छ।

प्रशासनले जिल्लाभर लागु हुने गरी जारी गरेको निषेधाज्ञा मंगलबार राति सकिँदै थियो। थप गरिएको निषेधाज्ञाको अवधिलाई खुकुलो बनाउँदै स्थानीय प्रशासनले बजार पसल बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहेने जनाएको छ। यसअघि बिहान ८ बजेदेखि १२ बजेसम्म मात्र पसल बजार खुला गर्ने नियम लागु गरेको थियो। तर यसअघिदेखिकै निर्णयबमोजिम गुद्री बजार, सैलुन, ब्युटीपार्लर, हटिया, सब्जीमण्डी, कभर्डहल, जिमखानालाई बन्दलाई निरन्तरता दिइएको छ।

त्यसैगरी जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन, यातायात साधनहरु सञ्चालन गर्न अनुमति दिइएको छ। सवारी साधन चलाउँदा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्ने नियमलाई कडाइसाथ पालना गर्न उल्लेख छ। तर उक्त अवधिमा सार्वजनिक साधन भने सञ्चालन नहुने आदेशमा उल्लेख गरिएको छ। रिक्सा, सिटी सफारी पनि जोर बिजोर गरेरै सञ्चालन गर्नुपर्ने र बढीमा २ जना मात्रै यात्रु राख्नुपर्ने नियम जारी गरेको छ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी दिउँसो ४ बजेसम्म बजार पसल खोल्न पाइने पनि आदेशमा उल्लेख छ। यसअघि दिउँसो १२ बजेसम्म मात्रै बजार खुल्दै आएको थियो। राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न नपाउने, अत्यावश्यक कामबाहेक १० वर्षमुनि तथा ६० वर्षमाथिका व्यक्तिलाई कुनै पनि काममा घरबाहिर आवतजावत गर्न नपाउने पनि निषेधाज्ञा आदेशमा जनाइएको छ। भदौ २१ गतेदेखि न्यून संख्यामा कर्मचारी राखेर मात्रै सरकारी कार्यालयहरु खोल्ने र अत्यावश्यक सेवालाई भने निरन्तरता दिइने जनाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes