७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जना पक्राउ - Pahilo Online

७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जना पक्राउ

writer

झापा । नेटवर्किङको माध्यबाट नेपालमा ल्याउदै गरेको ओरियन्स कम्पनीको अवैध औषधी भन्सार छलेर भारतीय बाट नेपाल ल्याउदै गरेको अवस्थामा बरामद गरीएको छ। नेपाली बजारमा ल्याउने गरेको सुराक पाएपछि झापा प्रहरी यसको नियन्त्रणमा जुटेका छन्।

यसै क्रममा झापा प्रहरीले सोमबार दिउँसो ७ लाख ७६ हजार मूल्य बराबरको ओरियन्स कम्पनीका सामानसहित ६ जनालाई पक्राउ गरेको छ। सामान ओसारपसारमा प्रयोग गरेका तीन वटा मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। सीमा नाकाबाट भित्र्याइएको ओरियन्स कम्पनी उल्लेखित विटग्रास डायट्री सप्लिमेन्ट ६० क्याप्सुल लेखिएका ३०७ वटा बट्टा इलाका प्रहरी कार्यालय झिलझिलेले बरामद गरेको हो। सामानसहित पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका १८ बस्ने २८ वर्षीय नगेन्द्र चौधरी, सोही ठाउँका २६ वर्षीय शिवराम चौधरी, मोरङ ग्रामथान गाउँपालिका ६ बस्ने २३ वर्षीय सुरजकुमार चौधरी, सोही गाउँपालिकाका ७ बस्ने २५ वर्षीय दीपक सिंह, सोही गाउँपालिका ६ बस्ने २५ वर्षीय लक्ष्मण माझी र कटहरी गाउँपालिका ७ बस्ने २३ वर्षीय सुनिल विश्वास रहेका डिएसपी थापाले बताए।

उनीहरूले झापाबाट सो सामान मोरङ लैजाने क्रममा विशेष सूचनाका आधारमा प्रहरीले पूर्वपश्चिम राजमार्गबाट बरामद गरेको हो। उनीहरूले सामान बोक्न प्रयोग गरेको को ३३ प ३०८, को १७ प २८५६ नम्बरको मोटरसाइकल र को३४ प ५६८५ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ। नेपाली युवालाई आर्थिक प्रलोभन देखाएर भारतीय ओरियन्स कम्पनीका प्रतिनिधिले नेटवर्किङमार्फत यस्तो धन्दा नेपालमा चलाउँदै आइरहेको प्रहरीको भनाइ छ। प्रहरी कार्यालय झापाले अहिलेसम्म भन्सार छलेर भित्र्याइएका ५० लाख मूल्य बराबरको ओरियन्स कम्पनी उल्लेखित विभिन्न सामान बरामद गरेको डिएसपी थापाले बताए। उनका अनुसार भदौमा मात्र २० लाख मूल्य बराबरका ओरियन्स कम्पनीको सामान बरामद गरी भन्सारमा बुझाइएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes