सोमबार प्रदेश १ मा ५६ जनामा संक्रमण, ५४ जना डिस्चार्ज - Pahilo Online

सोमबार प्रदेश १ मा ५६ जनामा संक्रमण, ५४ जना डिस्चार्ज

writer

विराटनगर । प्रदेश १ मा सोमबार ५६ जना कोरोनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीमा २६, मोरंगमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ६ महिला १४ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा १–१ पुरुष, इटहरीमा १ महिला, मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ । प्रदेश १ बाट आज ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आईसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आईसोलेसन केन्द्र, इलामबाट १८ र होम आईसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल सम्म १ हजार ५८९ जना कोरोनामुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार ३९२ जनाको कोरोना परीक्षण गरिएएको छ । परीक्षण गरिएका मध्ये १७ महिला र ३९ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । प्रदेश १ मा हाल सम्म ८८ हजार ९९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes