पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु - Pahilo Online

पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

writer

सुनसरी । सुनसरी भोक्राहा नर्सिङ गाँउपालिका ४ स्थित राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक भोक्राहा नर्सिङ ६ बस्ने २६ बर्षीय जगदेव मेहताको मृत्यु भएको छ । आइतबार दिउसो पौने २ बजे पश्चिम तर्फ जादै गरेको बा २१ च ५६९४ नम्बरको पिकअप गाडीले बिपरित दिशाबाट आईरहेको को ३८ प ३४६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक मेहता गम्भीर घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक सिन्धुली बस्ने सन्तबहादुर पुलामी मगर नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes