सहयोगी ओमप्रकाश कोरोना पोजेटिभ वृद्धको सहारा - Pahilo Online

सहयोगी ओमप्रकाश कोरोना पोजेटिभ वृद्धको सहारा

writer

कानेपोखरी । भाद्र ३ गते कानेपोखरी ४ निवासी ८१ बर्षिय कार्की थर गरेका वृद्धमा कोरोना पुष्टि भएको थियो। यी वृद्धका चारजना छोराहरु छ्न जो आआफ्नै व्यवसायमा संलग्न भई विभिन्न ठाउँमा बसोबास गरिरहेका छ्न। कोरोना देखिनुभन्दा केही दिनअघिदेखि स्वास्थ्यमा समस्या आएपछी स्थानीय ओझा थरका युवाको सहयोगमा उनलाई उर्लाबारीको मंगलबारे अस्पताल लगियो। उर्लाबारीमा उनका एक छोरा बसोबास गर्छन। त्यहाँ उपचार गर्दा स्वास्थ्यमा सुधार नआएपछी उनलाई पुनः बिराटनगर उपचारको लागि लगियो। उपचारअघि स्वाब परिक्षण गर्नुपर्छ भनी स्वास्थ्यकर्मीले सुझाव दिएपछी स्वाब परिक्षण गर्दा कोरोना पोजेटिभ आयो। बिरामी वृद्धका अर्का छोरा बिराटनगरमा आफ्नै व्यवसायमा संलग्न छ्न। घरमा राख्दा स्वास्थ्यमा झन जटिलता आउन सक्ने संभावना देखिएपछी आईसोलेसनमा राख्न सम्पुर्ण कोभिड केन्द्रमा पहल गर्दापनी बेडको अभाव देखियो त्यसपछि एकमात्र विकल्प देखियो होम आईसोलेसन। तीनदिनसम्म विराटनगरमा छोराको कोठाको बसाईपछी उनलाई आफ्नै निजनिवास कानेपोखरी ४ बयरबन ल्याइयो।

आफ्नी अशक्त श्रीमती जो शारीरिक रुपले कमजोर छिन उनिसंग बस्दै आएका उनको हेरचाह कस्ले गर्ने? भन्ने प्रश्नमा उत्तर हुन समाजसेवी मनकारी व्यक्तित्व हुनसकानेपोखरी गाउँपालिका ४ निवासी बिरामीका छिमेकि ओमप्रकाश ओझा। आपत पर्दा टाढाको भगवान भन्दा नजिकको दुश्मन नै काम लाग्छ। साथ, सहयोग, माया र हौसला जीवन जिउनको लागि सहज बनाउने तत्वहरु हुन। हो,यी सम्पूर्ण तत्वले भरिपुर्ण भएका व्यक्ति मात्र २७ बर्षिय ओझा। उनिले अहिले एक उदाहरणिय कार्य गरेर एक बिरामीलाई जिउने साहस दिइरहेका छ्न। शारीरिक रुपले तन्दुरुस्ती हुँदा त आफन्तको आवश्यकता खासै नपर्ला तर अशक्त हुँदा अत्यावश्यक हो। त्यही अत्यावश्यक बनिरहेका छ्न यी ओझा युवक।

कोरोना पुष्टि भएका छिमेकी होस् या आफन्त नै किन घृणा गर्ने, छेउछाउमा नजाने, एक्लै छाडिदिने, सहयोग नगर्ने प्रवृति हामीले दैनिक जसो सुन्दै आएका हौं। यदि बिरामीलाई सकारात्मक कुराहरु, माया, हौसला प्रदान गर्ने हो भने बालकदेखि पाको वृद्धवृद्धासम्मले कोरोनालाई परास्त गर्न सकिने रहेछ यसको उदाहरण हुन यी ८१ बर्षिय वृद्ध जसलाई स्थानीय मनकारी ओमप्रकाशले दिनहुुँ आवश्यक सावधानी अपनाएर स्याहारसुसार गर्ने, औषधि खुवाउने, आवश्यक पौष्टिक आहारको व्यवस्थापन गर्नेलगायतका कार्यहरु होम आईसोलेसनमा राखेर गरिरहेका छन। कोरोना त सजिलै सर्छ नि भन्ने हाम्रो प्रश्नमा उनले भने यो मेरो मानविय धर्म हो यतिकै स्याहारसुसार गरेन भने झन स्वास्थ्य जटिलता आउँला त्यही भएर मास्क,पञ्जा, सेनिटाईजर र सामाजिक दुरी कायम गरेर हेरचाहको कार्य गर्दैछु । उनले थपे अहिले बिरामी बुवाको अवस्था निकै सामान्य छ, हिंड्डुल गर्नुहुन्छ, सामान्य खाना खानुहुन्छ चाडैं निको हुनुहुनेछ भन्ने कुरामा विश्वस्त छु।

पालिकाबाट स्वास्थ्य सुरक्षाका सामग्रीहरुलगायत खाद्यान्न सामग्री सहयोग गरेको स्वास्थ्य संयोजक रोहिन्द्रकुमार राजभण्डारीले जानकारी दिए त्यस्तै समाजसेवी योगेन्द्र प्रसाद दाहालले पनि वृद्धलाई होमआईसोलेसनमा राख्न, आवश्यक सामग्रीहरु प्रदान गर्नेलगायतमा सक्दो सहयोग गरेको स्वास्थ्य संयोजक राजभण्डारीले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes