पथरीशनिश्चरेमा संक्रमितको संख्या बढेकाले १ र २ नम्वर वडाका केही ठाउँ सिल - Pahilo Online

पथरीशनिश्चरेमा संक्रमितको संख्या बढेकाले १ र २ नम्वर वडाका केही ठाउँ सिल

writer

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा मृत्यु भएका मानिसलाई कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेकाले आइतबारबाट १ र २ नम्वर वडाका केही ठाउँ सिल गरिने भएको छ । कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिको शनिबारको बैठकले त्यस्तो निर्णय गरेको हो ।

भदौ १७ सम्म घोषित लकडाउनलाई कडाइका साथ पूर्ण पालना गर्न अनुरोध गर्दै सोही अवधिसम्मका लागि १ जना संक्रमित देखिएको वडा नम्वर १ को सुन्दरबस्तीलाई पुरै सिल गरिने निर्णय भएको छ । अर्का संक्रमित देखिएको हनुमानचोक र अन्नपूर्ण चोक दक्षिणका अर्का संक्रमितको घरपरिवार सहित आसपासका घरलाई समेत सिल गरी बाहिर कोहीसँग सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गर्ने निर्णय भएको छ । यसैगरी, मृत्यु भएपछि कोरोना देखिएका २ नम्वर वडाको देवीगञ्जका एक परिवार र आपसपासका घरलाई पनि उसैगरी बाहिर सम्पर्क हुन र आवतजावत गर्न प्रतिवन्ध गरिने भएको नगर प्रमुख एवम् कोरोना भाइरस जोखिम न्यूनिकरण नगरस्तरीय समन्वय समितिका संयोजक दिलीपकुमार राईले जानकारी दिए । उनले मृत्यु भएको एकजनामा समेत कोरोना देखिइ संक्रमितको संख्या बढेपछि अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरेका छन्। यस अवस्थामा जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन आवश्यक रहेको उनले उल्लेख गरे।

 

विहान ६ बजेदेखि विहान १० बजेसम्म खुल्ने सब्जी, फलफुल, दुधजन्य पसलहरुमा भिडभाड नगरी कम्तिमा २ मिटरको भौतिक दूरी कायम गरी मास्क र ग्लोब लगाएर साबुनपानी वा सेनिटाइजरले हात सफा गरेर मात्र कारोबार गर्न थप सचेत गराइएको छ । सैलुन, जिमहल, व्यूटिपार्लर, होटल सहित सरकारले प्रतिवन्धित गरेका पेशा व्यवसायहरु सञ्चालन नगर्न र घरमै बसेर कोरोनाबाट आफुपनि बच्न र अरुलाई पनि बचाउन अनुरोध छ ।शनिबार देवीगञ्जका एक ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना देखिएको तथा समुदायका ३ जना र क्वारेन्टिनमा रहेका ४ जनामा समेत संक्रमण देखिएकाले नगरमा थप स्वास्थ्य सतर्कताको आवश्यकता भएको छ ।

समुदायस्तरका ३ जनामा कोरोना देखिएपछि उनीहरुको सम्पर्कमा भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’को क्रम सुरु भएको छ । समुदायका ३ तथा क्वारेन्टिनमा रहेका ४ गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको रिपोर्ट शनिबार आएको हो । समुदायस्तरका तिनै जना वडा नम्वर १ का हुन् भनें क्वारेन्टिनमा रहनेमा १ नम्बरका २ जना, २ का १ र १० का १ जना रहेको रिपोर्टमा उल्लेख छ । कोरोनासँग जोडिएर मृत्यु भएको पहिलो र एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो । यसअघि भारतका १ गरी ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes