शनिबार ८ सय ८४ जनामा कारोना संक्रमण, प्रदेश १ मा ११२ संक्रमित थपिए - Pahilo Online

शनिबार ८ सय ८४ जनामा कारोना संक्रमण, प्रदेश १ मा ११२ संक्रमित थपिए

writer

मोरङ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८४ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारे जनाएका हुन्। शनिबार काठमाडौंमा १ सय ५५ भक्तपुरमा १२ र ललितपुरमा १९ संक्रमित थपिएका छन्। प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय १६ पिसिआर परीक्षण गरिएको थियो। हाल ८ हजार ३५ जना क्वारेन्टाइनमा रहेका छन्। योसँगै नेपालमा कुल संक्रमित संख्या ३७ हजार ३ सय ४० पुगेको छ। गएको २४ घण्टामा ३ सय १३ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या पनि २० हजार ५ सय ५५ पुगेको छ।

प्रदेश १ मा ११२ संक्रमित थपिए

प्रदेश १ मा शनिबार १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९–१९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा आज २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुष, धरानमा २ महिला ४ पुरुष, झापाको दमकमा ७ महिला ९ पुरुष, झापा गाउँपालिकामा १ महिला २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । प्रदेश १ मा आज ९ जना डिस्चार्ज भएका छन् । झापा मेचीनगरको धाईजन आईसोलेस केन्द्रबाट ९ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३४ महिला र ७८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म ८६ हजार ४२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes