पथरी शनिश्चरेमा एकै पटक ७ पुरुषमा कोरोना संक्रकण - Pahilo Online

पथरी शनिश्चरेमा एकै पटक ७ पुरुषमा कोरोना संक्रकण

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा पछिल्लो पटक ७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालाबाट पीसीआर परीक्षणको शनिबार आएको रिपोर्टमा क्वारेन्टिनका ४ जना र समुदायका ३ जना गरी ७ जना युवा अवस्थाका पुरुषमा कोरोना पोजेटिभ देखा परेको नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले बताएका छन् । एकैचोटी आएको संक्रमितको यो संख्या नगरको अहिलेसम्मकै बढी हो ।

नगरको क्वारेन्टिनमा रहेका ५ र समुदायका २५ गरी ३० जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । संक्रमण देखिएका सवैलाई गोठगाउँको कोभिड अस्पतालमा लगिने छ । संक्रमितको संख्या बढेको अवस्था रहेकाले जारी लकडाउनलाई नगरवासीले पूर्णरुपमा पालना गरी अत्यन्तै स्वास्थ्य सतर्कता अपनाउन नगर प्रमुख दिलीपकुमार राईले अनुरोध गरेका छन् । यसअघि ८ जनामा संक्रमण देखिएकोमा सवैजना निको भएर घर फर्किसकेका छन् । त्यसमध्ये ७ जना क्वारेन्टिनमा रहेका र १ जना समुदायस्तरका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes