विराटनगरमा नेपाल आयल निगमको ट्याङकर बिष्फोट - Pahilo Online

विराटनगरमा नेपाल आयल निगमको ट्याङकर बिष्फोट

writer

मोरङ । विराटनगरमा शुक्रबार नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङकर अपरान्ह बिष्फोट भएको छ । नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट झण्डै ५०० मिटर उत्तरमा रहेको राम अवतार मोटरर्स ग्यारेजमा ट्यांकर विष्फोट भएको हो । ठूलो आवाजमा बिष्फोट भएपछि नजिकका बस्तिका घरहरु भूकम्पले हल्लाए झैं हल्लिएको थियो भने विराटनगर ४ प्रगति टोलका दुई वर्षको शिशुसहित तीन जना बेहोससमेत भएको स्थानीय किर्तिराज कार्कीले जानकारी दिनुभएको छ । उहाँका अनुसार ग्यारेजमा काम गर्ने दुई जना मजदुरसमेत बेहोस भएका थिए । बिष्फोट पछि स्थानीय त्रसित भएका छन् ।

ग्यारेजमा पार्किङ गरिराखेको ना ४ ख ७१६६ नम्बरको ट्यांकर विष्फोट हुँदा पछाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ग्यारेज नजिकका केही घरको टिनको छानासमेत उप्किएको स्थानीयले जानकारी दिएका छन् । ट्यांकरमा इन्धन नभएको र खाली रहेको हुँदा ठूलो क्षति भने हुन पाएन ।

बस्तीको छेउमा मोटर ग्यारेज सञ्चालन गर्दा स्थानीयसँग सहमति नलिएको र ध्वनी र अन्य वातावरण प्रदुषण भएको भन्दै छ महिना अघि नै स्थानीयले ग्यारेज अन्यत्र स्थानान्तरण गर्न माग गर्दै वडा कार्यालय र विराटनगर महानगरपालिकालाई स्थानीयले आाग्रह गर्दै निवेदन दिएका थिए । तर वडा कार्यालयले चासो नदेखाउँदा ग्यारेज असुरक्षितरुपमा सञ्चालन भइरहेको थियो । शुक्रबारको घटनाले त्यहाँबाट तत्कालै ग्यारेज हटाउनु पर्ने भन्दै स्थानीयले दवाव दिएका छन् । उनीहरुले अब ग्यारेज सञ्चालन गर्न नदिने भन्दै तत्काल बन्द गर्न माग गरेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes