कानेपोखको बरगाछीमा स्थापित फुड बैंक सञ्चालनमा - Pahilo Online

कानेपोखको बरगाछीमा स्थापित फुड बैंक सञ्चालनमा

writer

कानेपोखरी । विश्व महामारी कोरोना भाइरसको संक्रमणबाट जोगिन लामो समयदेखीको बन्दाबन्दी (लकडाउन) का समयमा विपन्न परिवारहरुमा खाद्यन्नको संकट देखापर्न थालिसकेको छ। यहि कुरालाई केही हदसम्म समाधान गर्न मोरङको कानेपोखरीमा शुक्रबारदेखी ‘फुड बैंक’ सञ्चालनमा आएको छ ।

चारवटा परोपकारी संस्थाहरु नेपाल रेडक्रस सोसाइटी बयरबन उपशाखा, रमाइलो जेसिस, व्यापार प्रबन्ध समिति र लायन्स क्लब अफ कानेपोखरीको संयुक्त आयोजनामा ञफुड बैकझ सञ्चालन गरिएको हो। शुक्रबारदेखी खाद्यान्न प्रदान गर्नका लागि कानेपोखरी ६ बरगाछी चोकको एक फंलैचामा बंैकको रुपमा खाद्यान्न सामग्री राखिएको छ।

बिहान ७ बजेदेखी १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने बैकमा शुक्रबार बिहानसम्म १०० भन्दा बढी आर्थिक रुपले विपन्न परिवारले खाद्यान्न सामग्री लगेका छन् । लकडाउनका कारण समस्यामा परेका पालिकाभित्र वा पालिका बाहिरका आर्थिक रुपले अति विपन्न, असहाय, असक्त परिवारलाई प्रति परिवार ५ किलोग्राम चामल, १ केजी दाल, आधा लिटर खाने तेल, १ केजी नून र १ केजि स्वयाबिनसहित १ वटा साबुन पनि उपलब्ध गराइएको छ ।

हुनेले दिने, नहुनेले लिएर जाने भन्ने मुलनाराका साथ अगाडि बढेको यी चारवटा संस्थाहरुले ५/५ हजार आर्थिक संकलन गरेका छन्। पालिका भित्रका विभिन्न संस्थामा आवद्ध सहयोगी मनहरुले साथै अन्य मनकारी मानिसहरुले खाद्यान्न साथै आर्थिक सहयोग गरिरहेका छन्। महामारीले कसैलाई थोरै र कसैलाई धेरै असर गरेको छ थोरै असर गरेकाले सहयोग गरौं, बढी असर परेकाले लिएर जाऔं भन्ने मुल उद्देश्यले यो कार्यको थालनी गरीएको यसै कार्यक्रमका समन्वय समिती संयोजक बिवेक लिम्बुले बताए। यसखाले परोपकारी कार्यको लागि नेपाल बाहिरका प्रवासीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता गरेको उनले जानकारी दिए।

यसखाले परोपकारी अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुट्ने क्रम बढेको छ । जसमा शुक्रबार बिहान जन्तलाल धिमाल, नगेन्द्र कोइराला, सूर्यप्रसाद कोइराला, गुणराज दंगाल, हरिप्रसाद कोइराला, खगेन्द्र नेपाल, ताराप्रसाद श्रेष्ठ, यदुनाथ तिम्सिना, चन्द्रीका दहाल, गोबिन्द न्यौपाने, हरिप्रसाद पौडेल, खगेन्द्र तिम्सिना, विजय गोपाल गड्तौला, रोहित कुमार अधिकारी, यादव कुमार भट्टराई, झलबहादुर लिम्बु, नवराज श्रेष्ठ, केवलराम कोइराला, सोमनाथ पौडेल, लोकेन्द्र लिम्बू र मनकुमारी गुरुङ्गले आर्थिक र खाद्यान्नका सामग्री प्रदान गरेको फुड बैक व्यवस्थापन समितीका सदस्य गणेश सुवेदीले बताए। सुवेदीले कानेपोखरीभरी सञ्चालन गर्ने योजना रहेको र लगभग एक महिनासम्म सञ्चालन हुनेपनि जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes