पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि, मृतको संख्या १८४ पुग्यो - Pahilo Online

पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टि, मृतको संख्या १८४ पुग्यो

writer

काठमाडौं । पछिल्लो २४ घण्टामा ११११ जनामा कोरोना संक्रमण पुष्टिभएको छ । विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्मकै उच्च ३७७ जना संक्रमित थपिएका छन् ।

त्यसमध्ये काठमाडौंमा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । उनीहरुमध्ये १८३ जनाको मृत्यु भएको छ भने २० हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोरोनाका ३७७ संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ८ जनासहित संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।

२४ घण्टामा मृत्य हुने ८ जनामध्ये ५ जना महिला र ३ पुरुष छन् । काठमाडौंका ४८ वर्षीय पुरुष, ललितपुरकी ६५ वर्षीया महिला, बाराकी २३ वर्षीया महिला, पर्साका ६२ वर्षीय पुरुष र कास्कीकी ३२ वर्षीय एक महिला, कपिलवस्तुका ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया महिलाको मृत्यु भएको मृत्यु भएको प्रवक्ता डा. गौतमले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes